Section 10
शर्तहरू राख्ने अधिकार
(१) कोषले नगर विकाससंग सम्बन्धित निकायलाई ऋण वा अनुदान दिंदा आफनोे हितको संरक्षण र आफूले प्रदान गरेको ऋण वा अनुदानको उचित प्रयोगका लागि आवश्यकता अनुसार शर्तहरू राखी लिखित रुपमा सम्झौता गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम सम्झौता गर्दा कोषले जतिसुकै अवधिको भाखा राख्न, कोषले तोकेको शर्त भंग गरेमा ऋणीले लिएको ऋणको साँवा ब्याज फिर्ता बुझाउन लगाउन वा ऋणीले लिखत गराई दिएको धितो, बन्धक वा अन्य सम्पत्ति र जमानतबाट असुल गर्न सक्ने गरी शर्त तोक्न सक्नेछ ।
(३) कोषले ऋणीलाई दिने कूल ऋण रकमको किस्ता प्राप्त गरेको मितिदेखि त्यसको ब्याज हिसाब गर्ने गरी तोकिए बमोजिम किस्ताबन्दीमा नगद, चेक, प्रतिज्ञापत्र वा त्यस्तै अन्य किसिमबाट ऋण प्रदान गर्ने शर्तहरू राख्न सक्नेछ ।